26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नारायणी अस्पताल वीरगंजमा कर्मचारी माग

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालले रिक्त रहेका विभिन्न २७ पदका लागि ५८ जना कर्मचारी भर्ना गर्न लागेको छ ।

फिजिसियन, रेडियोलोजिष्ट, साईक्याट्रिष्ट, प्याथोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत रिक्त रहेका विभिन्न २७ पदमा कर्मचारी भर्नाका लागि अस्पतालले सूचना प्रकाशित गरेको छ । चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ बमोजिम कर्मचारी भर्ना आह्वान गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा कमी आएकाले रिक्त रहेका पदमा भर्ना आह्वान गरिएको उहाँले बताउनुभयो । सबैभन्दा धेरै स्टाफ नर्स १८ जना, मेडिकल अधिकृत ८ जना, अनमी ४ जना माग गरिएको छ । अस्पतालले लामो समयपछि चिकित्सक र स्वास्थ्यकर्मी सार्वजनिक आह्वान मार्फत माग गरेको हो ।

यसअघि मेडिकल सुपरिटेण्डेण्टको सिफारिसमा नै कर्मचारी नियुक्त गर्ने गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ड डा.सुमन प्रसादको समयदेखि विज्ञापन आह्वान गरेर कर्मचारी भर्ना गरिएको छैन । त्यसपछि अस्पतालले पाँच जना मेडिकल सुपरिटेण्डेण्ट पाए पनि कसैले पनि सार्वजनिक सूचनामार्फत कर्मचारी भर्ना नगरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

कर्मचारी आह्वानका लागि सूचना जारी हुने गरेको भए पनि विवाद ल्याएर स्थगित गर्ने परम्परा रहेको थियो । डा.चित्तरञ्जन साह मेडिकल सुपरिटेण्डेण्ट भएको समयमा नर्सिङका लागि गरिएको विज्ञापन आह्वान विवादका कारण स्थगित हुन पुगेको थियो । अस्पतालमा राजनीति बढी हुँदा मेसुहरुले राजनीतिक दलको आडमा विज्ञापन नै नगरी कर्मचारी राख्ने गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.876 sec. Memory consumption:81.5 mb