21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

वीरगंजकाे लक्षुमणवामा सांसद यादवद्वारा धर्मशाला शिलान्यास

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्षुमणवामा आज सांसद प्रदिप यादवले धर्मशाला शिलान्यास गरेका छन् ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा पर्ने लक्षुमणवामा संसदिय कोष अन्तर्गत स्थानिय पुर्वाधार बिकास साझेदारी कोषबाट निर्मित धर्मशालाको सांसद यादवले शिलन्यास गरेकाे उनका सवकिय सचिव निखिल बर्णवालले वताए ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले सोमबार बिहान एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरी धर्मशालाको शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २० लाखको लागतमा धर्मशाला निर्माण कार्यको शिलन्यास गरिएको हो ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादव धर्मशालाले समाजिक संस्कृति सम्बन्धलाई बलियो बनाउनमा टेवा पु¥याउने बताए । उनले समाजिक, धार्मिक, संस्कृति र ऐतिहासिक सम्बन्धलाई अझै प्रमाढ बनाउन धर्मशालाको धेरै नै महत्व रहेको विश्वास व्यक्त गरे ।

उनले धर्मशालाले विभिन्न बिबाह, महोत्सव, समाजिक तथा धार्मिक सांस्कृति कार्यक्रमको साथ साथै गरिब, विपन्न र दलित परिवारको बिबाहमा समेत खुशियाली प्रदान गर्न निकै ठुलो भूमिका हुने बताए ।

शिलान्यास कार्यक्रममा समाजवादी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वर यादव, जिल्ला सदस्य रमेश यादव, समाजवादी विधार्थी युनियन ठाकुर राम बहुमुखी क्याम्पसका अध्यक्ष हरिन्द्र साह लगायत स्थानीय वासीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.667 sec. Memory consumption:81.5 mb