21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

नारी दिवसकाे अवसरमा महिला कैदीहरुलाई सेनेटरी पैड

वीरगंज । नेकपा निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले आज वीरगंज कारागारमा रहेका महिला कैदीहरुलाई पैड वितरण गरेकाे छ ।

महासंघकाे वीरगंज महानगर समितिले नारी दिवसकाे अवसरमा पर्सा कारागार वीरगंजका महिला कैदिहरुलाई पैड बितरण गरेकाे विद्यार्थी नेता इशक कुमारले वताए । कारागारकी महिला चाैकीदार कुंवरलाई सेनेटरी पैड हस्तान्त्रण गरिएकाे उनले जानकारी गराए ।

महासंघकाे वीरगंंज महानगर अध्यक्ष करण पटेलकाे अध्यक्षता भएकाे कार्यक्रममा महासंघका केन्द्रिय सचिव सुभाष गुप्ता, केन्द्रिय सदस्य कुन्दन गुप्ता , महानगर कोषाध्यक्ष चन्द्रकिशोर राम, विद्यार्थी नेता इशक कुमार, कारागारका सुचना अधिकारी नवराज बस्ताेला लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै कोरोना भाइरसबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ नाराका साथ कारागार भित्रका रुघाखोकी र ज्वरो प्रभावित करिव एक सय ४० बन्दिहरुको स्वास्थ्य परिक्षण गरिएकाे छ । प्रभावितहरु सामान्य अवस्थामा रहेको हुदा औषधि बितरण गरिएकाे कारागार कार्यालय पर्साले जनाएकाे छ ।

यसका साथै कारागार भित्र र बाहिर सचेतनाका लागि काेराेना भाइरस सम्बन्धि सन्देश उल्लेखित पम्प्लेट समेत बितरण गरिएकाे वताइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:217. Generation time:2.797 sec. Memory consumption:81.5 mb