21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

चन्दा उठाउने दुई मजदुर नेतालाई मजदुरहरुले नै कालो मोसो दले

बीरगंज । मजुदर नेता रहेको दाबी गर्दै फागु पूर्णिमाको अवसरमा विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा चन्दा उठाउन पुगेका दुई मजदुर नेतालाई मजदुरहरुले नै कालो मोसो दल्नुकाे साथै जुत्ताको माला लगाई दिएका छन् ।

धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ धाेबिनी निवासी शम्भु पटेल र बीरगन्ज वडा नं. १८ निवासी टुनटुन तिवारीलाई मजदुरहरुले आज वीरगंजमा कालाे माेसाे दलेकाे भिडियाे समेत सार्वजनिक भएकाे छ ।

विगत लामो समयदेखि नै विभिन्न बहानामा चन्दा उठाउन सिपालु र चन्दा आतंक मच्चाउदै आएका पटेल र तिवारीलाई मजुदुरहरुले नै शुक्रबार मुखमा कालोमोसो दलेका हुन् । साथै, मजदुरको नाममा चन्दा उठाएको भन्दै आक्रोसित मजदुरहरुले उनीहरुलाई जुत्ताको माला पनि लगाई दिएका छन् ।

मजदुरहरुको नाममा चन्दा उठाउने उनीहरुको धन्दा नै भईसकेको एक मजुदर बताएका छन् । विगतमा पनि निजहरुलाई मजदुरहरुको मानमार्दन हुने गरी चन्दा संकलन नगर्न मजुदरहरुले सुझाव दिदैं आएका थिए ।

तर उनीहरुको व्यवहारमा परिवर्तन नआएपछि बाध्य भई मजदुरहरुले यस्तो कदम उठाएको बुझिएको छ । मजदुरहरुले कालोमोसो दल्ने क्रममा उनीहरुको बनाएकाे भिडियो समाजिक संजालमा भाइरल भएकाे हाे ।

यता मजदुर नेता तिवारीले मेराे माथी कसैले कालाे माेसाे नदलेकाे वताएका छन् । शम्भु माथी उद्याेग वाणिज्य संघमा वाेलाई एक समुहले माेबिल खसालेकाे वताउदै उनले साे समयमा आफु त्यहाँ नरहेकाे र आफु माथी कसलै केही नगरेकाे दाबी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.705 sec. Memory consumption:81.5 mb