23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

“पत्र-पत्रिका सम्पादक समाज पर्सा” प्रति समाजका दुई सदस्य कै आपती

वीरगंज ।  वीरगंजबाट प्रकाशित दैनिक पत्र-पत्रिकाका सम्पादकहरुको भेलाबाट “दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा” गठन भएको भनिएको प्रति समाज कै दुई सदस्यले आपती जनाएका छन् ।

समाजका सलाहकारमा नाम रहेका सर्वेक्षण दैनिकका सम्पादक किरण राज पाण्डे र समाजका सदस्य सहारा दैनिकका सह-सम्पादक नरेश सरार्फले आज छुटाछुटै प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएका हुन् ।

सर्वेक्षण दैनिकका सम्पादक पाण्डेले जारी गरेकाे प्रेस विज्ञप्तीमा  मिति २०७६/११/२१ गतेको संचार माध्यमबाट आफुलाई साे समाजकाे सलाहकारमा राखेको थाहा पाउदा आश्चर्य लागेकाे वताए छन् । उनले जारी गरेकाे प्रेस विज्ञप्तीमा सम्पादक भन्नाले कुनै पनि पत्रिकामा सम्पादकिय लेख्ने क्षमता सहित पत्रिकामा सम्पादक भन्ने जनाएको हुनु पर्ने र त्यस्तै सम्पादक भन्नाले जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा सम्पादक उल्लेख भएको व्यक्तिलाई जनाउँछ उल्लेख छ ।

तर यहाँ योग्य रहेका सम्पादकहरुलाई मानमर्दन हुने गरी जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा नरहेका व्यक्तिहरुलाई समेटी आफ्नो निहित स्वार्थ पुर्तिको लागि गरिएको सो समाज गठन प्रति घोर आपती जनाउदै उनले सो समाजको सलाहकारमा आफुलाई जानकारी समेत नगराई आफै मनपरी तरिकाले आफ्नो नाम समेत राखिएकोमा सो समाज संग कुनै सरोकार नरहेको सम्पादक पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

यस्तै सहारा दैनिकका सह सम्पादक सरार्फले छुट्टै प्रेस विज्ञप्ती जारी गर्दै आफ्नाे गम्भिर ध्यान आकर्षण भएको जनाएका छन् । उनले प्रेस विज्ञप्तीमा मार्फत फागुन २१ गते बुधबार संचार माध्यमबाट साे बारे आफु थाह पाएकाे र सो समितिको सदस्यमा आफ्नाे पनि नाम रहेको देखेर आश्चर्य लागेको वताएका हुन् ।

मेरो कुनै जानकारी र उपस्थित बेगर समितिमा नाम राखिएको प्रति मेरो गम्भिर आपती रहेको समेत उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफ्नो निहित स्वार्थ पुर्तिको लागि गठन गरिएको सो समाज गठनले वीरगंजको दैनिक पत्र-पत्रिकाहरुका लागि कुनै अनुकर्णिय काम हुन नसक्ने र समाजको नाममा सिमित व्यक्तिले आफ्नो अधि पात्य स्थापित गर्ने उद्देश्यले गठन गरिएको अनुभुति मलाई भएकोले उक्त समिति संग मेरो कुनै सरोकार नरहेको सम्बन्धित सबैको जानकारीको राउन चाहेको सरार्फद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:5.010 sec. Memory consumption:81.5 mb