23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

फाेटाे पत्रकारिता तालिम तथा फाेटाे प्रदर्शनी सम्पन्न

वीरगंज । आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश २ स्तरीय फोटो प्रदर्शनी कार्यक्रम आज सम्पन्न भएकाे छ । वीरगंजमा आयाेजित ३ दिने फाेटाे पत्रकारिता तालिम र फाेटाे प्रदर्शनी सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई समापन गर्दै प्रदेश सांसद ओमप्रकाश शर्माले पत्रकारिता नभए देशलाई बचाउन नसकिने वताए । समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद शर्माले पत्रकारले गर्दा नै देश जाेगेकाे वताए । उनले भने “देश जाेगाउने पत्रकार नै हुन्, नत्र यहाँ देश बेच्नेहरुकाे पनि कमि छैन ।”

नेपाल फाेटाे पत्रकार महासंघका महासचिव हरि रेग्मीले पत्रकारिता अनुसासित र मर्यादित हुनु पर्ने वताए । तालिमबाट सिखेकाे कुरा व्यवहारमा लागु गर्दै अनुसासित पत्रकारिता गर्न उनले सुझाव समेत दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृ्ष्ण गिरीले पत्रकार आचारसंहिताकाे अधिनमा रहेर पत्रकारिता गर्नु पर्ने वताए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहानकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गाेपाल केडिया, बरिष्ठ उपाध्यक्ष सुबाेध गुप्ता, महासचिव माधवराज पाल, नेपाल पत्रकार महासंघ  प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, नेपाल फाेटाे पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चाैहान लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे ।

नेपा पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु गाैतमले संचालन गरेकाे कार्यक्रममा फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफाले धन्यावाद ज्ञापन गरेका थिए ।  समापन कार्यक्रम वीरगंज उद्याेग वाणिज्य संघकाे सभाहलमा भएकाे थियाे ।

तालिममा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंह लगायतकाले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ र नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को आयोजना तथा नेपाल पत्रकार महासंघ पर्सा र नेपाल फोटो पत्रकार महासंघ पर्साको सहआयोजनामा फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी गरिएकाे थियाे । आयाेजकले वताए अनुसार तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रिय तालिम विभागको सहयोग रहेको थियाे ।

वीरगंज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा फाेटाे पत्रकारिता तालिम भएकाे थियाे भने वीरगंजमा उद्याेग वाणिज्य संघकाे सभा हलमा फाेटाे प्रदर्शनी भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.487 sec. Memory consumption:81.51 mb