23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

‘एकताको लागि दौड’ प्रतियोगिता सम्पन्न (फाेटाेफिच सहित)

वीरगंज । वीरगन्जमा आयाेजित “म्याराथन २०२०” प्रतियोगिता सम्पन्न भएकाे छ । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले आयाेजना गरेकाे ‘एकताको लागि दौड’ प्रतियोगिता सम्पन्न भएकाे हाे ।

वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगंज उद्योग वाणिज्य संघको सह आयोजनामा भएकाे प्रतियोगिताकाे उद्घाटन प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले गरेका गरे । “स्वच्छ देश—स्वस्थ मधेश” भन्ने मुल नाराका साथ ‘एकताको लागि दौड’ म्याराथन प्रतियोगिता ७५ लाखकाे लागतमा भएकाे वताइएकाे छ ।

पहिलो ४२ किलोमिटरकाे  दौड प्रतियोगिता बाराको पिलुवाबाट शुरु भएकाे थियाे । जुन प्रतियोगिकाे प्रथम हुनेलाई नगद २ लाख, दोश्रो हुनेलाई एक लाख पचास हजार र तेश्रो हुनेलाई १ लाख नगद प्रदान गरिने छ ।

यसका साथै प्रतियोगितामा सिभिलियन र फौज तर्फको १०-१० कि.मि. को दौड, विभिन्न स्कुले छात्रछात्राहरुको लागि ५ कि.मि.को दौड, ५ किलोमिटरको हारिटेज वाल र १ किलोमिटरको जेष्ठ नागरिकको लागि दौडको समेत भएकाे थियाे ।

प्रतियाेगितामा नेपाली सेनाका प्रमुख पुर्णचन्द्र थापा, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद करिमा बेग्म, मंजुर अंसारी, नेपाली सेनाको २८ बाहिनी अड्डाका सहायक रथी अनुपजंग थापा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाली सेना चण्डीप्रसाद गण पर्साका गणपती मदन जंग राणा लगायत सहभागि थिए ।

प्रतियाेगितामा आर्मी व्यारकाे अगाडी आर्मीले ताेफ समेत पडकाएकाे थियाे भने नृत्य समेत प्रस्तुत गरिएकाे थियाे । प्रतियाेगिताकाे समाराेहकाे संचालन संचारकर्मी माधुरी महताेले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:217. Generation time:2.995 sec. Memory consumption:81.5 mb