23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा आधारभूत फोटो पत्रकारिता तालिम सुरु

वीरगंज । वीरगंजमा ३ दिने आधारभूत फोटो पत्रकारिता तालिम शुक्रबार देखी सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा सुरु भएकाे तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता छ ।

नेपाल पत्रकार महासंघ प्रदेश २ र नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को संयुक्त आयोजना तथा नेपाल पत्रकार महासंघ, पर्सा र नेपाल फोटो पत्रकार महासंघ, पर्साको सहआयोजनामा सुरु भएकाे तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रीय तालिम विभागको सहयोग रहेको छ ।

तालिममा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंहलगायतका प्रशिक्षण दिइरहेका छन् ।

यस्तै वीरगंज उद्याेवाणिज्य संघमा फाेटाे प्रदर्शनी समेत गरिएकाे छ । प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति र पर्यटनसँग सम्बन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएको छ । मूल्याङ्कनमा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने नेपाल फाेटाे पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चाैहानले वताए ।

फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उद्घाटन गरे । त्यस अवसरमा उनले व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताए ।

नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको उद्घाटन समाराेहमा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले, उद्योग वाणिज्य संघ, प्रदेश नम्वर २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, भिजिट नेपाल पर्साका सदस्य मोहन प्रधान, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफ लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.665 sec. Memory consumption:81.49 mb