30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भारत तस्करी हुन लागेकाे माेटरसाइकल सहित डिजल बरामद

पर्सा । प्रहरी चाैकी आसवारीले भारत तर्फ तस्करी हुन लागेकाे डिजल बरामद गरेकाे छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ आसवारीबाट एक सय २० लि डिजल र मोटरसाइकल प्रहरीले बरामद गरेको हाे ।

मोटरसाइकलमा भारत तर्फ तस्करी हुन लागेको डिजल र मोटरसाइकल प्रहरी चौकी आसवारीले बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

बिआर २२ ७८८५ भारतिय नम्बरको पलाटिना मोटरसाइकल सहित एक सय २० लिटर डिजल नियन्त्रणमा लिइएको इप्रका पोखरियाका प्रहरी निरिक्ष चन्द्र सिंहले वताउनु भयो । बरामद भएकाे डिजल र मोटरसाइकल इप्रका पोखरियामा ल्याइ थप अनुसन्धान भइरहेको सिंहले जानकारी गराउनु भयो ।

प्रहरी गस्ती टाेलीलाई देखेर तस्कर माेटरसाइकल र डिजल फाली  भागेकाे हुन सक्ने उहाँले वताउनु भयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.025 sec. Memory consumption:81.5 mb