26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ कैदी रिहा

वीरगंज । प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन् ।

चालचलन राम्राे, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई जेलबाट रिहा गरिएको बिरगंज कारागारका जेलर श्रवण पोखरेलले वताए ।

पर्सा, बारा, रुपन्दही र भारतको गरेर १८ जना कैदी वन्दीहरु रिहा भएका हुन् । कैद मुक्त हुनेहरुमा पर्साका १ जना, बाराका १५, रुपन्देहीका १ र भारत बिहार मोतिहारी जिल्लाका १ जना रहेका छन । उनीहरुलाई कारागार कार्यालयले एक कार्यक्रमको आयोजना गरि आफन्तको जिम्मा लगाएको हो ।

बुधबार परेको प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेमा ज्यान मार्ने उधोगका दुई जना, अँगभँग मुद्दाका ६ जना, कुटपिट तथा अँगभँग मुद्दाका एक जना, बन पैदावारका चार जना रहेका छन् ।

यस्तै किर्ते मुद्दाका एकजना, हातहतियार मुद्दाका दुईजना र सवारी ज्यान मुदाका दुईजना रहेको पोखरेलले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरिएकाे कारागार कार्यालय पर्साले जनाएको छ ।

रिहा भएका कैदिहरुमा बाराकाे प्रशौनी गाउँपालिकाकाे मात्र ६ जना रहेका छन् । गाउँपालिका प्रमुख भाेला प्रसाद गुप्ता  र उपप्रमुख गिता साहले कैद कट्टी भै छुटेका आफ्नो गा.पा.का ६ जना बन्दी कारागार पुगेका थिए । साे अवसरमा कारागार कम्पाउण्ड मर्मत सम्भारका लागि पालिकाको तर्फबाट ३० बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिबद्वताका समेत जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.758 sec. Memory consumption:81.48 mb