26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

माइस्थानमा भएकाे आगलागीमा रु ४० लाख बराबरकाे क्षति

वीरगंज । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित माइस्थाकाे विट्टु किराना पसलको गोदाममा सोमबार दिउँसो अचानक आगलागि हुदाँ करिब ४० लाख मुल्य बराबरकाे धनमाल जलेर नष्ट भएको पिडितले वताएका छन् ।

स्थानिय मधुसुधन अग्रवालको घरको दोश्रो तलामा बाराकाे सुवर्ण गाउँपालिका वडा नं. २ घर भएका मनोज कुमार गुप्ताले भाडामा लिई किराना पसलकाे  गोदाम राखेका थिए । गोदाममा कस्मेटिक देखि किरानाको समान स्टोर राखिएको थियो । साेही समान आगलागीले जलेर र केही समान आगाे निभाउने क्रममा पानीले नष्ट भएकाे पसल संचालक गुप्ताले वताए । उनले रु ४० लाख  बराबरकाे समान जलेर नष्ट भएकाे वताए ।

पसलका संचालक गुप्ताका अनुसार गोदामा राखिएको कस्मेटिक समान र किराना आईटमका आधी भन्दा बढी समानहरु जलेर करिब ४० लाख भन्दा बढीको क्षति भएको छ ।

गोदाम भित्र जडान गरिएको ईन्भर्टर सर्ट भई आगलागि भएको अनुमान प्रहरीले गरेको छ ।

आगो महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा आएकाे थियाे ।

गाेदाममा रहेकाे तेल, ध्यूँ, डलडा, रिफाईन तेल जस्ता तरल पदार्थ बढी रहेकोले आगो नियन्त्रणमा लिन समय लागेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.156 sec. Memory consumption:81.48 mb