Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंज उद्याेग वाणिज्य संघकाे ४४ औं वार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघकाे ४४ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार सभाकाे उदघाटन गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले वीरगंजकाे पूर्वधार विकासकाे लागि लगानी गर्न सरकार तयार रहेकाे वताए ।

वीरगंजकाे सडक देखी औधाेगिक करिडाेर सम्मकाे निर्माणकाे लागि नेपाल सरकार तयार रहेकाे उनकाे भनाई थियाे । उनले भने “अर्थ मन्त्रालयले बजेट दिएन, त्यही भएर वीरगंजकाे विकास भएन त्यस्ताे अवस्थाकाे अन्त भएर जान्छ । तर दिएकाे बजेटकाे पनि उपयाेग भयाे कि भएन त्यसकाे पनि रेखदेख तपाईहरुले गरिदिनु पर्छ ।”

निजगढ विमान स्थलकाे विकल्प नरहेकाे वताउदै उनले  वि.स. २०८१ सम्म फास्टट्रायककाे काम सम्पन्न हुने भनिए अनुसार नै पुरा हुने वताए । अर्थ मन्त्रालयले बजेट समयमा निकास नगरेका कारण समय मै काम भएन त्यस्ताे अवस्था नआउने विश्वास समेत दिलाए ।

कार्यक्रममा अन्य वक्ताहरुले राखेकाे कुराकाे सम्बाेधन गर्दै मन्त्री खतिवडाले प्रादेशिक तहबाट पनि विश्व विद्यालय खाेल्न सकिने प्रावधान रहेकाेले प्रदेश सरकारले त्यस तर्फ अगाडी बढ्नु पर्ने वताए ।

धेरै हतार गरियाे भने लक्ष्यमा पुग्न नसकिने वताउदै उनले ५ देखी ८ प्रतिशत सम्म आर्थिक वृद्धि भएकाे दावी गरे ।

अघिलाे बर्ष भन्दा यस बर्ष बिदेश जानेकाे संख्यामा कमी आएकाे समेत उनकाे भनाई थियाे । रेमिटान्स घट्याे भन्नेहरु विदेश जानेकाे संख्यामा कमि आएकाे कारण घटेकाे बुझ्नु जरुरी रहेकाे वताए । सरकार विदेश जानु भन्दा स्वदेश मै बसेर राेजगार गर्न सक्ने खालकाे अवस्था बनाउ तर्फ लागेकाे वताए ।

करकाे बिषयमा वाेल्दै मन्त्री खतिवडाले सरकारले एक तहबाट मात्र राजश्व उठाउन चाहेकाे वताए । उनले भने “सरकार पनि एक ठाउँबाट राजश्व संकलन गरी तिन ठाउँमा बाँडन चाहेकाे छ, गत बर्षमा तयारी नपुगेर त्यस्ताे हुन सकेन तर यस बर्ष सुधार गर्न तर्फ हामी लागेका छाैं ।”

प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगंजलाई औधाेगिक नगरीकाे रुपमा घाेषणा गर्न माग गरे । उनले भने ” देशकाे राजधानी काठमाण्डाै हाे भने उधाेगकाे राजधानी वीरगंजलाई त घाेषणा गरिदिनुस् ।”

उनले जुन देशकाे उधाेग धरासायी हुन्छ, त्याे देश बर्वाद भएर जाने भएकाेले उद्याेगिहरुकाे समस्या समाधान गर्न पनि आग्रह गरे ।

वीरगंज उद्याेग वाणिज्यि संघकाे निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले उद्याेगपति र व्यापारी निरास भएकाे वताए । सरकारले बनाएकाे निति, नियम लागु हुन्छ कि हुदैन चिन्ता भएकाे समेत वताए ।

प्रदेश सांसद समेत रहेका शर्माले अहिलेकाे नियमले उद्याेगीहरु पलायन हुने वताए । त्यही भएर सुहाउदाे नियमहरु बनाउनु पर्ने वताए ।

वीरगंज उद्याेग वाणिज्यि संघका अध्यक्ष गाेपाल केडियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल उद्याेग वाणिज्य संघका उपाध्यक्ष किशाेर प्रधान, वीरगंज उद्याेग वाणिज्य संघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । भिस्वा हाेटलमा भएकाे कार्यक्रमकाे संचालन उद्याेग वाणिज्य संघका महासचिव माधव राज पालले गरेका थिए ।

कार्यक्रममा १३ औं सागमा स्वर्ण जित्नेहरुलाई सम्मानित समेत गरिएकाे थियाे । वीरगंज उद्याेग वाणिज्य संघले साधारण सभा कै अवसरमा सागमा विभिन्न खेल तर्फ स्वर्ण जितेका १० जनालाई सम्मान गरेकाे थियाे ।

जुडे तर्फ स्वर्ण जितेका देवी खड्का, पुनम श्रेष्ठ, कुस्ती तर्फ नरेश यादव, राज यादव, सुनिल साह, क्रिकेट तर्फ आरिफ सेख, रासिद खान र भारताेलन तर्फ  विकास थापा, सराेज यादवलाई सम्मानित गरिएकाे थियाे ।

यस्तै भारत तर्फ सर्वाधिक निर्यात गर्ने उद्याेग डाबर नेपाल, श्री अन्पूर्ण भेजिटेबलस प्रा.लि., शिवसक्ति घियु उद्याेग र तेस्राे मुलुकमा सर्वाधिक निर्यात गर्ने उद्याेग त्रिवेणी स्पेलिन प्रा.लि., शिवसक्ति दाल मिल प्रा.लि. लगायतकालाई उद्याेग वाणिज्य संघले सम्मान गरेकाे थियाे ।

यस्तै आर्थिक पत्रकारिता मार्फत सहयाेग गर्ने काराेबार दैनिकका वीरगंज सम्वाददाता निरज पिठाकाेटे मगरलाई समेत उद्याेग वाणिज्यि संघले सम्मान गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...