Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पकहा मैनपुरमा गाउँपालिकाकाे विकासकाे लागि सुझाव संकलन

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाले द्रुत गतिमा विकास गरी नमुना गाउँपालिका बनाउन स्थानियसंग सुझाव संकलन तथा अन्तरक्रिया सम्पन गरेको छ ।

गाउँपालिका अध्यक्ष विजय चौरसियाले पकहामैनपुर गाउँपालिकामा द्रुत गतिमा विकास गरि नमुना गाउँपालिका बनाउने आफ्नो पहिलो प्राथमिकता रहेकाे वताए । उनले केहि व्यक्तिहरुको निजि स्वार्थ पुर्ती गर्न नसक्दा मुद्दा मामिलामा अल्झाएर विकासलाई बाधक बनाएको गुनासाे गुरे ।

अध्यक्ष चौरसियाले स्थानियहरुको प्रश्नको जवाफ दिदै विगतका दिनमा आफुहरुमा केहि कमि कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा जनताको सुझाव अनुसार अगाडी बढने प्रतिवद्धता जनाए ।

गाउँपालिकाको चौतर्फी विकासको लागि जनप्रतिनिधीसंग एकल प्रयासले मात्र सम्भव नहुने बताउदै विकास निमार्णमा खुटा तान्ने काम बन्द गरेर सबै जनता मिलेर अगाडी बढनुपर्ने आग्रह गरे । गाउँपालिका अध्यक्ष चौरसियाले गाउँपालिकाको विकास नचाहने तत्वले विकासमा अवरोध गरिरहेकाले त्यसले आफुहरु विचलित नभई अगाडी बढने बताए ।

अध्यक्ष चौरसियाले शिक्षामा कमजोरी हुनुमा शिक्षकहरु नै मुख्य दोषी रहेको बताउदै अबदेखि समयमा विद्यालय नआउने र पठनपाठन नगराउने शिक्षकलाई कारवाही गर्ने बताए । उनले कृषि क्षेत्रको विकासको लागि कृषकलाई कृषि मिटरको व्यवस्था केहि दिन मै गर्ने बताउदै सिचाईको लागि बोरिंगको व्यवस्था यसै आर्थिक बर्षमा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेश सिंहले आफुहरु जनताको सेवक रहेकोले जनताको विकासको काम सहज रुपमा गर्ने र गाउँपालिका मातहत रहेका सेवासुविधाहरु सहज रुपमा जनतालाई प्रदान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राजपाका स्थानिय नेता रामबाबु चौरसियाले गाउँपालिकाको नमुना विकासको लागि जनप्रतिनिधीहरुमा मेलमिलापको आवश्यकता, जनचाहना अनुसारको योजना छनोट गरि विकास गर्नुपर्नेे तथा विकास निमार्णको कार्य गुणस्तरीय र पारदर्शी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी रामबहादुर स्वर्णकारले विगत २ बर्षमा गाउँपालिकाको विकास नहुनुमा जनता बाधक नभई स्वय‌ं जनप्रतिनिधीहरु नै रहेको बताए । विकास निर्माणको काममा गाउँपालिकाका जनप्रतिनिधीहरुमा आन्तरिक विवाद रहेकाले पहिले जनप्रतिनिधीहरु आपसी समन्वय गरेर विकास निमार्णको काम अगाडी बढाउनुपर्ने स्वर्णकारले सुझाव दिए ।

पकहामैनपुर गाउँपालिकाका स्थानिय तथा नेकपाका पर्सा जिल्ला सदस्य प्रभुनाथ पटेलले स्थानिय तहका जनप्रतिनिधीहरु जनताको विचमा समन्वय नगरी आफ्नो मनपरी विकास निमार्णका काम गरिरहेकाले विभिन्न किसिमका बाधा अवरोध सृजना भई विकास निमार्णका कामहरु अवरोध हुने गरेको आक्रोस व्यक्त गरे ।

नेता पटेलले स्थानिय तहमा सुचना लुकाएर जनप्रतिनिधीहरु विकास निमार्णका काम गरिरहेकाले जनतामा अविश्वास पैदा भई स्थानिय जनताहरु सम्बन्धित निकायमा उजुरी गर्ने जाने गरेको बताए ।

राजपाका जिल्ला सदस्य गोविन्द प्रसाद यादवले गाउँपालिकाको द्रुत गतिमा विकास गरी नमुना गाउँपालिका बनाउन जनप्रतिनिधीहरु आपसमा मिलेर जनचाहना अनुसार दिर्घकालिन योजना बनाएर अगाडी बढनुपर्ने सुझाव दिए ।

स्थानिय संचारकर्मी विन्दुभुषण साहले पकहामैनपुर गाउँपालिकाको द्रुत विकासको लागि जनप्रतिनिधीहरुको आपसी समन्वय , दिर्घकालिन योजना, शिक्षा र स्वास्थ्यमा जोड तथा पारदर्शी काम गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाको कार्यालय पकहामैनपुरमा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, वडाध्यक्षहरु अम्बिका सहनी, ढेडी प्रसाद यादव, वृजमोहन पाण्डेय, लेखमन पटेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पकहामैनपुर माविका प्रधानाध्यापक छोटेलाल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...