Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

जगरनाथपुर गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

spot_img
spot_img

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकामा शुक्रबारदेखि पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं. ५ मा रहेको मधुवाहा खेलमैदानमा आयोजित प्रतियोगिताको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले जगरनाथपुर गाउँपालिकाका सबै छ वटै वडाबाट सहभागी विद्यालयहरूबीच सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई राष्ट्र निर्माणका लागि सक्षम, अनुशासित र ऊर्जावान युवा उत्पादन गर्ने प्रभावकारी माध्यम भएको बताए । साथै, आगामी दिनहरूमा पनि विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन र विकासका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहने उनकाे भनाइ थियो ।

वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, शिक्षा अधिकृत अशोक सिंह तथा माध्यमिक विद्यालय संठीका प्रधानाध्यापक रामाधेश चौहानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे संचालन शिक्षक रुपनारायण साहले गरेका थिए ।

प्रतियोगितामा गाउँपालिका भित्रका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत १०० मिटर र २०० मिटर दौड (छात्र/छात्रा), हाई जम्प, लङ जम्प (छात्र/छात्रा), शटपुट, ज्याभलिन थ्रो (छात्र/छात्रा) लगायतका विभिन्न खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...