Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

रोटरी क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ वीरगन्ज र रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिरगंजको पुरानो बसपार्क, आदर्शनगरमा सम्पन्न उक्त कार्यक्रममा ५५ जना रक्तदाताले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा ६ जना महिला र ४९ जना पुरुष रहेका छन्। महिला रक्तदातामध्ये दिपा दास, राधिका कुमारी, सोवेता गुप्ता, कविता खेतान लगायतको सहभागिता उल्लेखनीय रहेको थियो । यस्तै, पुरुष रक्तदातामध्ये सौरभ बर्नवाल, नकुल गुप्ता, रोहित गुप्ता, अङ्कित चौरसिया लगायतले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रक्तदानको महत्त्वबारे जागरूकता फैलाउनुका साथै आपतकालीन अवस्थामा आवश्यक पर्ने रक्तको अभाव पूर्ति गर्नु रहेको आयोजकहरूले बताए। रक्तदानजस्तो सामाजिक कार्यले आफु मात्र नभई अरू थुप्रैको जीवन बचाउन सकिने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा उपस्थित रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्थाहरूले रक्तदाताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाजसेवामूलक कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...