Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

वीरगंजकाे सवारी चालक अनुमति पत्र शाखामा अनियमितता, लाइसेन्स बिक्री हुँदै

spot_img
spot_img

वीरगंज ।  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा लाइसेन्स (अनुमति पत्र) को किनबेच सुरु भएकाे समाचार प्राप्त भएको छ । बिहीवार भएको A, K, B, C, C १ र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरूले परीक्षा दिएकोमा ५७० जना पास भएका छन् । जसमध्ये १७५ जना परीक्षार्थीहरूले आफ्नो क्षमताले लेखेरै पास भएका छन् भने ३९५ जना परीक्षार्थीहरूलाई रकम लिएर पास गराइएको समाचार स्रोतको कथन रहेको छ ।

सूत्रका अनुसार मोटरसाइकलका परीक्षार्थीहरूबाट जनही १० हजार, कारका परीक्षार्थीहरूबाट १५ हजार र टेम्पो, ईरिक्साका परीक्षार्थीहरूबाट १३ हजारको दरले रकम असुलेर परीक्षा समितिले पास गराएको बताइएको छ । सवारी चालक अनुमति पत्र शाखा वीरगंजका ड्राइभर शम्भु गुरुङ्गले असुलीको धन्दामा विशेष भूमिका निर्वाह गर्दै गर्दा सो कार्यालय दिनप्रतिदिन बदनाम हुँदै गएको जनाइएको छ।

शम्भु गुरुङ्गको नाममा विभिन्न प्रकारका आरोपहरू लाग्दै आएका छन् । चितवन जिल्लाका निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अघि यातायात कार्यालय वीरगंजमा दाइ महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दै रिझाउँदै करारको ड्राइभर नियुक्ति लिएपछि लगातार बिचौलियाको भूमिकामा सक्रिय रहेको जनाइएको छ । गुरुङ्गले कार्यालय प्रमुख र कार्यालय सहयोगीबीचको भूमिका अस्पष्ट राख्दै घुस असुलीको रकम व्यवस्थापन गर्ने काम गर्दै आएका छन् ।

गुरुङ्गले आफ्नो वर्चश्व जमाउनकै निमित्त आफ्नो नातामा पर्नेहरूलाई करारमा नियुक्ति दिलाई करोडौं रकम असुलेको आरोप छ । चितवन निवासी संदिप मगर, गोरखा निवासी सुरज पाठक र धरान निवासी सुमन मगरलाई करारमा नियुक्ति दिलाई कार्यालयलाई कब्जा गरेको जनाइएको छ ।

निवर्तमान कार्यालय प्रमुख उमेश रेग्मी असहयोगका कारण आफ्नो सरुवा आफै मागेर वीरगंजबाट सरुवा भएका छन् । जेठ महिनामा वीरगंज पटक–पटक लिखित र ट्रायल परीक्षा भई हजारौं परीक्षार्थीहरूलाई रकमको बलमा पास गराई करिब करोड रुपैया असुली भएको स्रोतको दाबी रहेको छ ।

वर्तमान कार्यालय प्रमुख कमल गौतम पनि ड्राइभर शम्भुकै सहयोगमा पुनः वीरगंज प्रमुख बनेर आएका छन् । सवारी चालक अनुमति पत्र शाखामा आम्दानी जति भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको भागमा १५ प्रतिशत पर्छ भने अन्य रकम नियमनकारी निकाय र कर्मचारीहरूको भागमा पर्ने गरेको स्रोतले जनाएको छ ।

लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको विशेष भूमिका रहने भएकोले आफ्ना विश्वासिलो प्रतिनिधि पठाई तै चुप, मै चुपूको अवस्था सिर्जना गरेका कारण १५ प्रतिशत भाग जाने गरेको बताइएको छ । सभार : यात्राडेली

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...