Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

यातायात कार्यालय वीरगंजमा अनलाइन सवारी दर्ता शुरू

spot_img
spot_img

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजमा मङ्गलवारदेखि अनलाइन दर्ता (इभिआरएस) प्रणालीबाट सवारी दर्ता शुरू भएको छ ।

सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन यातायात व्यवस्था विभागले अनलाइन प्रणाली लागु गरेकाे हाे । विभागका प्राविधिक सहितका कर्मचारीले मंगलबार शाेरुमका संचालक, प्रतिनिधि, यातायात कर्मचारीलाई अनलाइन सेवा प्रवाह बारे प्रशिक्षण दिएका हुन् ।

विभागका शाखा अधिकृत भवेन्द्र कार्की, कम्प्युटर ईन्जिनियर रितु पौडेल, अर्जुन यादव, उपेन्द्र चौधरी लगायतको टोलिले यातायात कार्यालय पर्सा मै पुगि अनलाइन सेवा प्रवाह बारे प्रशिक्षण दिएको यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख कमल गौतमले जानकारी दिए ।

सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

यसअघि म्यानुअल प्रणालीबाट सेवाप्रवाह हुँदै आएकामा थुप्रै कमीकमजोरी देखिएका र सोको न्यूनीकरणका लागि विभागले इभिआरएस प्रणाली लागू गरेको उनले बताए । म्यानुअल प्रणालीको कमजोर फाइलिङ व्यवस्थाबाट अभिलेख नभेटिने, नाशिने, फाइल खडा गर्दा प्रक्रियागत दाखिला गर्नको लागि लाइनमा बस्नुपर्ने झन्झटिला कार्यले गर्दा बिचौलियाहरूको सहयोग लिनुपर्ने बाध्यताले गर्दा सेवाग्राहीहरू ठगिंदै आएकाले इभिआरएस प्रणाली प्रयोगमा ल्याइएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...