Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पार्टीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा हिन्दु धर्मावलम्बीहरुको महान चाँड दशै‌, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । 

वीरगंजस्थित क्लासिक बैंकेटमा भएकाे शुभकामना आदानप्रदान कार्यक्रममा वाेल्ने वक्ताहरुले मुलुकमा बढ्दै गएकाे भ्रष्टाचार प्रति चिन्ता ब्यक्त गरे । वक्ताहरुले यही गतीमा भ्रष्टाचार बढ्दै गए संघियता कमजाेर हुने भएकाेले भ्रष्टाचारलाई नियन्त्रण गर्नु पर्नेमा जाेड दिए ।

जनमत पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका नेताहरु करिमा बेगम, शशीकपुर मियाँ, सिपु तिवारी, मुकेश द्विवेदी, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, नेताहरु सुधिरनाथ पाण्डे, श्याम गुप्ता, अनिता रौनियार, नजमा खातुन, बिध्यालाल प्रसाद, रामनरेश पटेल , उमाशन्कर गुप्ता, जनमत युवा संघका ई.राजुराज गिरी, संजय सिंह, विद्यार्थी नेता विवेक झा लगायत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पर्साका १४ वटै पालिकाबाट नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...