Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंज २१ मा जनमतकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ ताजपुरमा शनिबार जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा जसपा, लाेसपा लगायतका पार्टी परित्याग गरि एक सय भन्दा बढीले जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टीका पर्सा संयाेजक ओमप्रकाश सर्राफले जानकारी दिए ।

लाेसपाका स्थानीय नेता विष्णु कुशवाहाकाे अगुवाईमा लाेसपा, जसपा, एमाले लगायतका पार्टीका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेकाे संयाेजक सर्राफले वताए । नव प्रवेशी सबै जनालाई कार्यक्रममा सहभागि जनमत पार्टीका नेताहरुले अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममै विष्णु कुशवाहाकै अध्यक्षतामा जनमत पार्टीको ४१ सदस्यीय वडा इकाई समिति गठन गरिएकाे जनमत पार्टीले जनाएकाे छ ।

पार्टी प्रबेश कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँ, सिपु तिवारी, पर्सा संयाेजक ओमप्रकाश सर्राफ, नेताहरु इन्दाैल राठाैर, विद्यानन्द साह, युवा जनमत संघका महानगर अध्यक्ष सन्जय सिंह लगायतको सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...