Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पार्टी पर्साको संगठन बिस्तारमा तिब्रता

spot_img
spot_img

दिपु बर्णवाल/
वीरगंज । जनमत पार्टी पर्साले संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ । शनिबार पर्सा क्षेत्र नम्बर -४ को क्षेत्रीय भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य चन्दन चौहानको अध्यक्षता र रास्ट्रीय परिषद सदस्य डा. अजय यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएकाे हाे ।

भेलालाई सम्बोधन गर्दै पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फले अब नेपाली जनताको आशा र भरोसाको एउटै पार्टी जनमत पार्टी रहेकोले सुशासन, बिकास, विभेद रहित समाज निर्माण एवं भ्रष्टाचार, बेथितिबाट मुक्तिको लागी जनमत पार्टीमा गोलबन्द हुन सबैमा आग्रह गरे ।

भेलामा राजनीतिक समिति सदस्य सिपु तिवारीले सम्बोधन गर्दै डाक्टर सिके राउत त्यागी र भिजनरी नेता भएकोले सबैले बिश्वास गर्नु पर्नेमा जोड दिए ।

भेलामा केन्द्रिय सदस्यहरु नजमा खातुन, अनिता रौनियार, स्थानीय नेताहरु सन्तोष साह, अमरनाथ सिह राठौर, युवा अध्यक्ष राजुराज गिरि,अमिरका राउत, दिपक यादव, दिलिप यादव, राहुल सरार्फ लगायतले सम्बोधन गरेका थिए ।

उक्त भेलामा दुई दर्जन स्थानीय अगुवाहरु जनमत पार्टीमा प्रवेश गरेका थिए ।

यसैगरी शनिबार नै जनमत पार्टीले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ रमघडवामा बिजेन्द्र यादवको अध्यक्षतामा समिति गठन गरेको छ । वडा सुदृढीकरण अभियान अन्तर्गत पर्साको सबै वडामा वडा कमिटी गठनको अभियान तिब्र गतिमा जारी रहेको पर्सा जिल्ला सह- इन्चार्ज मुकेश दिवेदीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...