Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

विभिन्न पार्टी परित्याग एक सय जनाले गरे जनमत पार्टीमा प्रबेश

spot_img
spot_img

दिपु बर्णवाल /
वीरगंज । धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढि नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति ,केन्द्रिय सदस्य, प्रदेश सदस्यसहित एक सय भन्दा बढी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का धनुषा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष जितनारायण साहको नेतृत्वमा लोसपाका क्षिरेश्वरनाथ नगरपालिकाको कार्यसमितिका सदस्यहरु, बटेश्वर गाउँपालिकाको कार्यसमितिका पदाधिकारीहरु, मिथिला नगरपालिका कार्यसमितका पदाधिकारीहरुसहित एक सय ५० जना भन्दा बढी लोसपा परित्याग गरि जनमत प्रवेश गरेका हुन ।

त्यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का नेता दिपनारायण यादवको नेतृत्वमा राप्रपाका धनुषा क्षेत्र नं.४ का एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेको हो ।

त्यसैगरि, नेकपा एमाले,नेपाली कांग्रेस ,जनता समाजवादी पार्टी नेपाल( जसपा) ,माओवादी केन्द्रियका नेताकार्यकर्ताहरुसहित पाँच सय भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले बताए ।

नवप्रवेश नेताकार्यकर्ताहरुलाई कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र विशिष्ट अतिथी जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले फुलमला र अविरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।

साथै, पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यता समेत प्रदान गरिएको छ ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा पुर्व कृषि राज्यमन्त्री प्रदेश सांसद संजय यादव,राष्ट्रिय सचीव बीपी साह, केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल ,अंजली मण्डल ,प्रदेश सांसद अनिता कुमारी साहसहित पार्टीका केन्द्रिय सदस्य, राजनीतिक समिती सदस्य, प्रदेश सदस्यसहित जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थितमा वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनमत पार्टीका नेता इन्दजित यादवले गरेका थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...