Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमतबाट अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै

spot_img
spot_img

वीरगंज । जनमत पार्टीकी सांसद अनिता कुमारी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् । जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार शपथ ग्रहण हुने भएको हो  । 

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।sharethis sharing button

जनमत पार्टीका प्रमुख सचेतक समेत रहेकी साहलाई पहिला नै मन्त्री बनाउन जनमत पार्टीले प्रधानमन्त्रि पुष्प कमल दाहाल (प्रचण्ड) लाई सिफारिस गरेकाे थियाे ।

जनमत पार्टीलाई सरकारमा सहभागि गराउन नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...