Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकाहाँ मैनपुरमा सरस्वती पुजाको चन्दा माग्न गएका विद्यार्थीमाथी कुटपिट

spot_img
spot_img

वीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिकामा सरस्वती पुजाको चन्दा माग्न गएका विद्यार्थीमाथी कुटपिट भएको छ ।

स्थानिय बुलट बर्णवाल, भुवन चौहान र जंग बहादुरले चन्दा माग्न गएका श्री राम चरित्र भगत मावि पकहा मैनपुरका कक्षा ९ का विद्यार्थी आशिष मेहतालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट विद्यार्थी मेहताको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा ७ वटा टाका लागेको स्वास्थ्य चौकी पकहा मैनपुरले जनाएको छ ।

कुटपिटबाट केही विद्यार्थीहरु समान्य घाईते भएको प्रहरी चौकी धाेरेका प्रहरी सहायक निरीक्षक मनाेज दासले वताए ।

स्थानियका अनुसार पकहा मैनपुर चौकमा संचालनमा रहेको पसल संचालक र चन्दा माग्न पुगेका श्री राम चरित्र भगत माविका विद्यार्थीहरु बिच विवाद भएको थियो । विवादको क्रममा तिनै जनाले विद्यार्थीहरुलाई कुटपिट गरेका हुन् ।

कुटपिट पछि पकहा मैनपुर चौकमा तनाव भएपछि प्रहरी चौकी खेस्राहा, प्रहरी चौकी धोरे, सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुर, प्रहरी बेस क्याम्प सुर्जाहा कट्टीका प्रहरीको टोलि पुगेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...