Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

रोचक प्रतिस्पर्धा देखिएको पर्सा ३ मा एमालेका गुप्ता विजयी

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् ।

रोचार प्रतिष्पर्धाका विच ५ दलिय बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै एमाले-जसपा गठबन्धनका उम्मेदवार गुप्ता विजयी भएका हुन् ।

बुधबार अवेर राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गुप्ताले २४ हजार २६० मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी चौधरीले २४ हजार १०९ मत पाएका छन् ।

मतगणनाको सुरुवातदेखि चौधरीले अग्रता लिएपनि अन्तिम समयमा आएर गुप्ताले मतान्तर घटाउँदै गएका थिए । 

गुप्ता र चौधरी यसअघि २०७४ मा यसै क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...