Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

यातायात कार्यालय वीरगंजकाे दुई कर्मचारीलाई माेह, सरुवा भएपनि गएनन्

spot_img
spot_img

वीरगंज । यातायात कार्यालय वीरगंज लाइसेन्स शाखामा कार्यरत दुई कर्मचारीकाे सरुवा भएपनि उनीहरु रवाना भएका छैनन् । छैठो तहका कम्प्यूटर अपरेटर शम्भु चौधरी र कलाम हुसैनको सरुवा एक महिना भईसक्दा पनि उनीहरु वीरगञ्ज मै कार्यरत रहेका छन् ।

अगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाकाे निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले २०७९ असोज ६ गते एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुको सरुवा रोक्न तथा सरुवा भएका कर्मचारीहरुलाई तत्काल रवाना दिन सम्बन्धित सबैलाई निर्देशन दिएपनि यी दुई कर्मचारी साे निर्देशनको धजिया उडाएका छन् ।

विगत ३ वर्षदेखि विभिन्न शक्ति केन्द्रको आडमा दुबै जना एकै ठाउँ मै कार्यरत रहेकाे अवस्थामा सरुपा भएपनि सरुवा भएकाे ठाउँमा नजानु थप रहस्यको विषय बन्नेकाे छ ।

निर्वाचन आयोगले अगामी निर्वाचनका लागि यहीँ असोज ६ गते देखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएकोले यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतादाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने र समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकुल प्रभाव पार्ने हुँदा असोज ६ गते देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै कर्मचारीको सरुवा नगर्न/नगराउन र असोज ५ गते सम्म सरुवा भईसकेको अवस्था भए तत्काल रवाना लिई ९ गते सम्म सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको भएतापनि यी दुई कर्मचारी हाल सम्म पनि सम्बन्धित कार्यालयमा हाजिर नभई वीरगंज मै कार्यरत रहेका श्रोतले जनाएको छ ।

मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत भाद्र १० गतेको निर्णय अनुसार म. कलाम हुसैनलाई यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साबाट कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय मधेश प्रदेश र शम्भु चौधरीको भाद्र २० गते प्रदेश जनलोकपाल आयोग मधेश प्रदेशमा सरुवा गरिसकेको छ ।

श्रोतका अनुसार नारायणी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पर्साका निमित्त कार्यालय प्रमुख र एक माओवादी नेताको आर्शिवादका कारण यिनीहरु वीरगंजमा विगत ३ वर्षदेखि जरा गाडेर बसेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...