Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

सखुवा प्रसाैनीमा जसपाकाे शक्ति प्रदर्शन, पुन: प्रदिप जयसवाल विजयी हुने दाबी

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार शक्ति प्रदर्शन गरेकाे छ । गाउँपालिका अन्तर्गतकाे विभिन्न वडाबाट महुवन पुगेका १० हजार जति गाउँवासीकाे सहभागितामा निस्केकाे जुलुश लखनपुरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

जसपाका गाउँपालिका अध्यक्षका उम्मेदवार निर्वतमान अध्यक्ष प्रदिप जयसवालकाे नेतृत्वमा बाजागाजाकाे साथमा उत्साहपूर्ण गाउँवासीकाे सहभागिता निस्केकाे जुलुश महुवन, साेलखपुर, बलुवा, एकडर्वा, लखनपुर लगायतकाे गाउँ समेत परिक्रममा गरेकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै जसपा नेता एवम् मधेश प्रदेशकाे मुख्यमन्त्री लालबाबु राउत गद्दीले आजकाे कार्यक्रमकाे सहभागिताले सखुवा प्रसाैनीमा जसपाकाे जित सुनिश्चित गरेकाे वताए । उनले यत्राे ठूलाे संख्यामा भएकाे जनसहभागिताले विगतकाे कार्यकालमा प्रदिप जयसवालले राम्राे काम गरेकाे पुष्टि समेत गरेकाे वताए ।

प्रदेश सभा सदस्य मंजुर अन्सारीले गाउँपालिका अध्यक्षका उम्मेदवार प्रदिप जसवालसहित जसपाका सम्पूर्ण वडा सम्मका उम्मेदवारहरुलाई चुनाव चिन्ह छाता छापमा मतदान गरी विजयी गराउन आग्रह गरे । उनले पुन: गाउँपालिका अध्यक्षमा जयसवालसहितका जसपाका उम्मेदवार विजयी हुने दावी समेत गरे । 

 कार्यक्रममा गाउँपालिका गाउँपालिका उपाध्यक्षका उम्मेदवार शर्मिला बिष्ट महताे, वडा नं. १ काे वडाध्यक्षका उम्मेदवार अशाेक साह, वडा नं. २ काे वडाध्यक्षका उम्मेदवार चिरन्जीवी प्रसाद महताे थारु, वडा नं. ३ काे वडाध्यक्षका उम्मेदवार सदाम हुसैन अन्सारी, वडा नं. ४ काे वडाध्यक्षका उम्मेदवार सरिफ मियाँ अन्सारी, वडा नं. ५ काे वडाध्यक्षकाे उम्मेदवार रुपलाल कुमार यादव र वडा नं. ६ काे वडाध्यक्षका उम्मेदवार मुन्ना प्रसाद कम्मकर लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...