23.4 C
Birgunj
28 October 2024
KALIKATIMES.COM

जनमत पार्टी पर्सा क्षेत्र नं. ४ काे कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् : मुख्यमन्त्री सिंह

वीरगंज । जनमत पार्टी पर्सा क्षेत्र नम्बर ४ काे क्षेत्रिय कार्यालय उदघाटन, शुभकामना आदानप्रदान एवं बृहत पार्टी प्रवेश कार्यक्रममा आइतबार सम्पन्न भएकाे छ ।

पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा भएकाे कार्यक्रममा विभिन्न दल परित्याग गरि ६ सय भन्दा बढी नेताकार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । नवप्रबेशी सबै जनालाई कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले टीका लगाएर पार्टीमा स्वागत गरे । 

जनमत पार्टी पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताए ।

उनले भने “मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको छ । संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् । अबको ६ महिनाभित्रमा मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूती गराउँछ ।’

विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने उनले बताए । उनले भने,‘ कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन । हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ ।’

मधेस सरकारले वीरगंजमा आइटी पार्क, माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै मुख्य मन्त्री सिंहले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।

कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु हरिहर साह कानु, सिमा गुप्ता, श्याम गुप्ता, जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, नेता सुनिल मुखिया, नजमा खातुन, बिनय यादव, चन्दन चौहान, अमरनाथ राठौर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुख्यमन्त्रि सिंहद्वारा पाेखरिया अस्पतालकाे अनुगमन

कालिका टाईम्स

ओम नेशनल एकेडमीका कक्षा ११ का विद्यार्थीहरुकाे स्वागत कार्यक्रम सम्पन्न

कालिका टाईम्स

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:3.710 sec. Memory consumption:81.4 mb