22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपालले अमेरिकालाई १७ रनले हरायो

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ। 

१६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो।  अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। 

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको  नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए ।

साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७-२७ रन बनाए। गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए। यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्।

लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स

शक्ति युवा क्लबका खेलाडी बिच आन्तरिक प्रतिस्पर्धा

कालिका टाईम्स
SQL requests:217. Generation time:3.492 sec. Memory consumption:81.55 mb