22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलामा आयाेजित श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि भारत बिहारकाे प्रिन्स ११ सेढवाले जितेकाे छ ।

आइतबार भएको फाइनल खेलमा पर्साकाे जगरनाथपुर गाँउपालिकाकाे जानकीटाेला क्रिकेट टिमलाई १ विकेटले स्तब्ध पार्दै प्रिन्स-११ सेढवाले उपाधि चुमेकाे हाे।जानकीटाेलाले दिएकाे १३६ रनकाे लक्ष्य प्रिन्स-११ सेढवाले १९.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्याे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जानकीटाेलाले निर्धारित २० ओभरमा १३५ रन बनाएकाे थियाे।

प्रतियोगिताको समापन समाराेहमा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले उपाधि विजेता टिम प्रिन्स-११ लाई ट्रफी र मेडलसहित नगद २० हजार रुपैयाँ प्रदान गरे ।उपविजेता जानकीटाेलाले नगद १० हजार रुपैयाँ प्राप्त गर्याे।

श्रीदेवी माई युवा समाजले असाेज २१ गतेदेखि आयोजना गरेको क्रिकेट प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमले भाग लिएका थिए ।

जगरनाथपुर गाँउपालिकाका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको समापन समाराेहमा वडाध्यक्ष नेपाली कुशवाहाा, सशस्त्र प्रहरी नायब उपरीक्षक रिबाज ढकाल,गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय लगायतकोपनि सहहभागीता रहेको नेपाली कांग्रेसका युवा नेता मन्जय गिरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.357 sec. Memory consumption:81.42 mb