24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सिर्सिया नदीमा हाम फालेकी किशाेरीकाे खाेजी कार्य जारी

वीरगंज । पर्सा जिल्लाको वीरगंजस्थित सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको पहिचान खुलेको छ । 

आइतबार बिहान करिब ९ बजेतिर वीरगंजकाे रानीघाटस्थित पुलबाट हाम फालेकी किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २, खुटुवा निवासी १७ वर्षीय रमिता कुमारी दास रहेकाे प्रहरीले जनाएकाे छ ।

रमिताकाे आमालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर साेधपुछ भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दीपक भारतीले वताए । रमिताकाे आमा वाेल्न सक्ने अवस्थामा नरहेकाेले थप कुराहरु खुल्न नसकेकाे उनले वताए । 

प्रवक्ता भारतीका अनुसार, खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दासँगको सहकार्यमा प्रहरीको प्रयास जारी छ । अविरल वर्षाको कारण बाढीको बहाव उच्च भएको हुँदा खोजी कार्यमा चुनौती उत्पन्न भएको छ ।

प्रहरीका अनुसार रमिता कुमारीले नदीमा हाम फालेपछि उनी बाढीको तेज बहावमा बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले खोजी कार्यमा कठिनाइ थपेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर खोजी कार्य जारी राखे पनि हालसम्म रमिता कुमारीको कुनै सुराक फेला परेको छैन ।

यसैबिच, घटना लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल पनि घटनास्थलमा पुगेका थिए । उनले खोजी कार्यको निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका हुन् । खोजी कार्यका लागि थप सुरक्षाकर्मी परिचालित गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:3.638 sec. Memory consumption:81.81 mb