26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा आमासंगै नदीमा नुहाउन गएका दुई बालककाे डुबेर मृत्यु

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा ऋषिपंचमिको अवसरमा आमासंग नदिमा नुहाउन गएका दुई बालककाे डुबेर मृत्यु भएकाे छ ।

मसिहानीस्थित सिर्सा खोलामा आमासंगै नुहाउन गएका भारत बिहार बन्कटवाका अनरजित पटेलको छोरा ८ बर्षिय अभिषेक पटेल
र भारत बिहार कै सिक्टाका बृजेश ठाकुरको छोरा १० बर्षिय गुल्सन ठाकुरकाे डुबेर मृत्यु भएकाे स्थानियहरुले वताएका छन् ।

स्थानियका अनुसार मृतक दुबै बालक हाल मसिहानीस्थित मामा घर बस्दै आएका थिए । मृतक बालक अनरजित मसिहानी स्थित रामनाथ पटेल र अर्का मृतक बालक गुल्सन मसिहानी स्थित नै रामायण ठाकुर हजामकाे घरमा बस्दै आएका थिए ।

दुबै बालकहरु रक्षाबन्धनमा आमाहरुसंगै मसिहानी आएका थिए । त्यति खेरदेखि नै मसिहानी मै उनीहरु बस्दै आएका थिए ।

मसिहानीस्थित माईतिघर आएकी रन्जिता देवी पटेल र गान्धी देवी ठाकुरसंगै आइतबार दिउसाे दुई बजे ऋषिपंचमिको अवसरमा दुबै बालक गाउँ कै नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा दुबै बालककाे खोलामा डुबेर मृत्यु भएकाे स्थानियहरुकाे खबर पश्चात इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकाल नेतृत्वकाे प्रहरी टाेली पुगेकाे थियाे ।

स्थानियहरु मृत अवस्थामा दुबै बालकहरुलाई दिउसाे ३;४० बजे खोलाबाट आफै निकालि प्रहरीलाई खबर गरेकाे प्रहरी निरिक्षक ढकालले वताए । दुबै शव पोस्टमार्टमको लागी नारायणी अस्पताल पठाई घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.680 sec. Memory consumption:81.48 mb