26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

फुटबलका खेलाडीहरुलाई जर्सी वितरण

 वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको लक्ष्मणवा युवा क्लबका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच उनीहरूलाई खेल मैदानमा प्रवेश गर्नु अगाडि लक्ष्मणवा युवा क्लबका अध्यक्ष मानदेव हजाराको पहलमा जर्सी सहितको समाग्री वितरण गरिएको हो । नेकपा एमालेका नेता समेत रहेका हजाराले खेलकुद बिकास गर्नका लागि खेलाडीलाई सहयोग स्वरुप समाग्री वितरण गरिएको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका उनले जिल्लामा १२ बर्षपछी भएको जिल्ला लिग प्रतियोगितामा सहभागी हुन लागेको टिमले राम्रो नतिजा ल्याउने वताए । जर्सी वितरण कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवले पनि सहभागी थिए ।

पर्सा जिल्ला फुटबल संघ पर्साको आयोजनामा गएको जेठ १२ गतेदेखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अगामी जेठ २६ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.200 sec. Memory consumption:81.48 mb