26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

काँग्रेस उम्मेदवार चौरसियाको घरदैलो निरन्तर

वीरगंज । पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले बिहीबार पनि मतदाताको घरदैलोमा पुगेर मत मागेका छन् ।

काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर वडा नम्बर १ को बजार छपकैयाका विभिन्न टोलमा घरदैलो गरेका हुन् ।

त्यसक्रममा घरघरमा पुगेर मतदातालाई भेट्दै प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार चौरसियाले आफु सांसद पदमा नरहदा पनि जनताको सुखदुखमा साथ दिदै आएको कुरा सबैलाई थाहा नै भएको भन्दै आगामी दिनमा पनि आफु जनताकै माझमा रहने बताए ।

चौरसियाले भने ,‘ म नेता भन्दा पनि यस क्षेत्रका जनताको सेवक हु , जनताको हरेक सुखदुखमा मेरो साथ पहिले पनि थियो , अहिले पनि छ, भोलिका दिनमा पनि रहनेछ ।

उनले मंसिर ४ को निर्वाचनमा कामको मुल्यांकन गरेर मतदान गर्न आग्रह पनि गरे । काँग्रेसकै कारण लोकतन्त्र र संविधान जोगिएको भन्दै उनले अहिले काँग्रेसले जिते मात्र संविधान र लोकतन्त्र सुरक्षित हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.971 sec. Memory consumption:81.47 mb