26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजकाे एलएस न्युरो हस्पिटल आफनै भवनमा संचालन

वीरगंज । एलएस न्युरो एन्ड जेनरल हस्पिटल वीरगंजले आफ्नो सम्पुर्ण सेवाहरु अब आफनै नयाँ भवनमा सुरु गरेकाे छ । बाराको परवानीपुर गाउँपालिका वाडा नम्बर ५ स्थित वीरगंजदेखि कलैया जाने बाटाेमा नवनिर्मित आधुनिक भवनमा सेवाहरु सुचारु गरेकाे हाे ।  

नयाँ भवनमा सेवा सुचारु गर्नु अघि शनिबार हस्पिटलमा कार्यरत डाक्टर र कर्मचारीहरुलाई भेला गराई आ-आफनो जिम्मेवारी ईमान्दारिता पुर्वक निर्वाह गर्न हस्पिटलका अध्यक्ष वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद पटेलले निर्देशन दिएका थिए ।

भेलामा हस्पिटलमा कार्यरत डाक्टर तथा कर्मचारीहरुकाे जिम्मेवारीको बारेमा जानकारी गराइएकाे थियाे ।

अस्पिटलले ठूलाे लगानीकाे नवनिर्मित आधुनिक भवनमा आफ्नाे सेवाहरु सुचारु गरेपनि सेवा शुल्क पुरानै राखेकाे छ । हस्पिटलले ओपिडी टिकेट रु ५ सय कायम राखेकाे छ भने ईमर्जेन्सी टिकट रु ३२५ रुपैया राखेको छ । जुन अहिले वीरगंजकाे अन्य अस्पतालकाे तुलनामा न्युन शुल्क भएकाे हस्पिटलले जनाएकाे छ ।

हस्पिटलका संचालक एवम् वरिष्ठ न्युरो सर्जन डाक्टर पटेलले काठमाडौस्थित उपेन्द्र देवकोटा मेमोरियल होस्पिटलमा बिगत ८ बर्ष सम्म काम गरेका डाक्टर हुन् । डाक्टर उपेन्द्र देवकोटाका बिश्वास पात्र मानिएका डा. पटेलले उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गरेका थिए ।

काठमाडौपछि वीरगंजकाे नेशनल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जनको रुपमा डा. पटेल ८ महिना जति काम गरे । त्यसपछि वीरगंजको पानी टंकीमास्थित सर्बोतम अस्पताल लिजमा लि आफै एलएस न्युरो एन्ड जेनरल हस्पिटल संचालन गर्दै आएका थिए ।

वीरगंजकाे प्रतिमा चोकदेखि बाराको कलैया जाने सडकखण्डमा पर्ने ऋषभ आयल नीर आफनै नवनिर्मित भवनमा आइतबारदेखि संचालमा आएकाे हस्पिटलमा गाईने वाड, एनआईसियु वाड,अर्थोपेडिक वाड लगाएत सम्पुर्ण सेवाहरु सुरु भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.876 sec. Memory consumption:81.48 mb