वीरगंज । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे आयाेजनामा आइतबार महाेतरीकाे बर्दीबासमा स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिरुकाे सम्मान, बधाई तथा शुभकामना एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापति श्रीकृष्ण यादवको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेसका उप सभापति पुर्ण बहादुर खड्काले गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेपाली कांग्रेसलाई अगाडी बढाउन नवनिर्वाचित जनप्रतिनिधिहरुले भुमिका खेल्नु पर्ने वताए । उनले याे पालिकाकाे निर्वाचनमा कांग्रेसबाट धेरै युवाहरु निर्वाचित भएकाेले राम्राे काम गरेर पार्टीलाई अगाडी बढाउनु पर्ने वताए ।
कार्यक्रममा वाेल्दै नेता रिजालले युवा जनप्रतिनिधिले राम्राे काम गरेर देखाए अगामी निर्वाचनमा अझै बढी युवाहरुलाई पार्टीले अवसर प्रदान गर्ने वताए । उनले जनप्रतिनिधिले पैसाको पछाडि मात्र कुदने नभई जनप्रतिनिधिकाे धर्म निर्वाह गर्नु पर्ने वताए ।
नेता रिजालले जितमा म आफै जिते, हारमा अरुको कारणले हारे भनेर हुँदैन, जित हारकाे आत्मसमिक्षा जरुरी रहेकाे समेत वताए ।
कार्यक्रममा प्रदेश अन्तर्गतका ८ जिल्लाका नवनिर्वाचित पालिका प्रमुख, उप प्रमुख र वडाध्यक्षहरुलाई सम्मान गरिएकाे कांग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस