21.6 C
Birgunj
21 October 2024
KALIKATIMES.COM

कलैयाका मेयर र उप मेयरले लिए सपथ र गरे पदभार ग्रहण

वीरगंज । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् ।

कार्यक्रममा नव निर्वाचित मेयर बिनोद प्रसाद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर राैशन परविनसहितका सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका थिए ।

५ दलिय सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका राजेश राय यादवलाई हराउँदै कलैया उप महानगरपालिकाकाे मेयरमा एमालेका साह विजयी भएका थिए ।

त्यसैगरी उप मेयरमा गठबन्ध कै उम्मेदवार जनता समाजवादी पार्टीका प्रमाेद प्रसाद गुप्तालाई हराउँदै एमालेकी परविन विजयी भएकी थिइन । 

सपथ ग्रहण लगतै मेयर साह र उप मेयर परविनले पदभार समेत ग्रहण गरेकाे कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स
SQL requests:215. Generation time:5.808 sec. Memory consumption:81.46 mb