22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मेयर सरावगीको कल्याणकारी कोषबाट आर्थिक सहयोग

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आफ्नो कल्याणकारी कोषबाट एक जेहेन्दार छात्रालाई आर्थिक सहयोग गरेका छन् ।

मेयर सरावगीले सिद्धार्थ माध्यामिक विद्यालयकाे कक्षा ८ मा अध्ययनरत छात्रा कुलसुम खातुनलाई सहयाेग रकम २५ हजारको चेक बिहिबार हस्तान्तरण गरेका हुन् । उनले महानगरपालिकाकाे कार्यालय मै छात्रा खातुनलाई बाेलाएर साे रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए । 

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सवैठवा निवासी खातुनलाई जेहेन्दार विद्यार्थी भएकोले रकम उपलब्ध गराएको मेयर सरावगीले बताए । महानगरपालिकाबाट आउने पारिश्रमिक बापतको रकम जम्मा हुने मेयर कल्याणकारी कोषबाट उक्त रकम सहयोग मेयर सरावगीले गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

बिहेकाे लागि आर्थिक सहयाेग

यस्तै, मेयर सरावगीले आफ्नो तलबभत्ताबाट संचालित मेयर कल्याणकारी कोषबाट एक जना छाेरीकाे बिहेकाे लागि पनि आर्थिक सहयाेग गरेका छन् ।  नाम र ठेगाना गाेप्य राखिएकाे छाेरीकाे बेहेबारीको लागि रु पचिस हजारकाे चेक मेयर सरावगीले  हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:6.967 sec. Memory consumption:81.47 mb