22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजबाट अवैध हतियारसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले अवैध हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.२४ सिर्सिया निवासी वर्ष २७ को दिपेन्द्र साह र साेही ठाउँ बस्ने वर्ष २३ को सनोज गुप्तालाई रहेका छन् ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २ नं.प्रदेश प्रहरी कार्यालाय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्सासमेतको संयुक्त टोलीले मंगलबार सांझ ६:१५ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१३ श्रीपुरस्थित हुलाकी रोडबाट दुबै जनालाई पक्राउ गरेकाे हाे ।

 दुबै जनाकाे साथबाट गोली नभएको कटुवा पेस्तोल १ थान फेला परेकोले उक्त कटुवा पेस्तोल बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका दुबै जनामाथी हात हतियार मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएकोव्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.253 sec. Memory consumption:81.43 mb