22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मेयर सरावगीद्वारा क्यूआर कोडबाट तरकारी खरिदको शुभारम्भ

वीरगंज । वीरगंजकाे मीनाबजारमा अब क्यूआर कोड मार्फत पनि तरकारी खरिद गर्न पाईने भएको छ ।

माछापुच्छे बैंकले बुधबार मीनाबजारमा डिजिटल प्रविधि मार्फत कारोबारका लागि फलफूल तरकारी ब्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले क्युआर कोड वितरण गरेका थिए । मेयर सरावगी आफैले पहिलो ग्राहक बनेर क्युआर कोड प्रयोग गरि सामान खरिद गरी क्यूआर कोडको उदघाटन समेत गरेका थिए ।

साे अवसरमा उनले सूचना प्रविधिको विकासलाई सही ढंगबाट प्रयोग गर्न सके समय र सुरक्षा दुवैमा फाईदा हुने बताए ।

वीरगंजकाे तरकारी तथा फलफूल बजारको मुख्य केन्द्र मीना बजारमा नगद रहित कारोबार गर्नका लागि क्यूआर कोडको माध्यमबाट कारोबार गर्ने सुविधा उपलब्ध गराएको माछापुच्छे« बैंकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.525 sec. Memory consumption:81.46 mb