21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठगी आराेपमा वीरगंजका एक सहित दुई जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीलेे बिभिन्न मिति र समयमा आईएमओ तथा वास्टएपमार्फत लौट्री परेको तथा बिभिन्न किसिमका प्रलोभन देखाइ ठगी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ । 
 
प्रहरीले भारत विहार जिल्ला पूर्वी चम्पारण थाना रक्साैल वडा नं. २ निवासी बर्ष ४३ काे राकेश कुमार र वीरगंज महानगरपालिका वडा नं. २० निवासी बर्ष ३२ का रामपुकार प्रसाद यादवलाई पक्राउ गरेकाे हाे ।
 
प्रहरीकाे अनुसन्धानबाट श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं. ०६८१०३३०९५५०१९ बाट रु.४९ हजार पाच सय रामपुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नं. ०१२०१२०००८३१०५०००००१ बाट रु. १९ हजार पाच सय राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२९००२६९ पी.ई.बाट ५० हजार रु. र पुजा रिमालको ई सेवा आईडी बाट ३५ हजार रु.सुरेश कुमार कापरको ई सेवा आईडी बाट ३० हजार रु. गरी जम्मा रु.१ लाख ८४ हजार रु. श्याम खतिवडाको ई सेवा आईडी बाट  विभिन्न मिति र समयमा रकम जम्मा गर्न लगाई ठगी गरेको देखिएको छ ।
 
महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा सुनिल सेन्चुरी भन्ने व्यक्तिले दिएको निवेदन बमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट सुक्ष्म अनुसन्धान गर्दा उक्त ठगी कार्यमा सलंग्न रहेकाे दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए । 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:209. Generation time:5.376 sec. Memory consumption:81.25 mb