26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर बनायाे : देवेन्द्र पाैडेल

वीरगंज । जनताकाे रक्त र पसिनाकाे बिचबाट ल्याइएकाे परिवर्तनलाई काेही एकात व्यक्तिले तलमाथी गर्न खाेजे भने त्याे सम्भव नहुने नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पाैडले वताएका छन् । 

नेकपा प्रचण्ड-माधव समुह निकट वीरगंज महानगरपालिकाकाे अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पाैडलले त्यस्ताे गर्ने व्यक्तिलाई जनताले सडक संघर्षबाट भए पनि तह लगाउनले वताए । प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर पारेकाे वताउदै नेता पाैडेलले उहाँले गरेकाे संवैधानिक न्युक्ति पनि विवादमा रहेकाे वताए ।

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर गर्न मिल्छ, धवस्त पार्न मिल्न छ प्रशन गर्दै नेता पाैडेलले कमचलाउ सरकारले गरेकाे सबै नियुक्तिहरु अदालतले बदर गर्ने बिश्वास समेत व्यक्त गरे ।

उहाँलाई पार्टी र कमिटी संग कुनै मतलब छैन्, पार्टीकाे निर्णय पनि नमान्ने, बैठकमा पनि नआउने याे के हाे ? के एकात्मक प्रणाली कै लागि लाखाैं लाखाैं जनताले रक्त र पसिनाबाट यस्तै व्यस्था ल्याएका हुन प्रशन गर्दै एकात्म राजतन्त्रिय व्यवस्थालाई समाप्त पारेर समाजबाद उन्मुख राज्य प्रणाली ल्याएकाे वताए । त्यसकाे निमित शुसान चाहिने समेत वताए ।

प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार कसले दियाे प्रशन गर्दै त्यस्ताे गर्न नमिल्ने वताए ।  

चुनावबाट डराउने आफुहरु नरहेकाे वताउदै उनले हुने चुनाव भए नि पत्याउनु वताए । अरु ६ महिना सरकार लम्बयाउनकाे लागि चुनावकाे घाेषणा गरिएकाे नेता पाैडेलकाे भनाई थियाे । 

वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रिय सदस्य एवं वीरगंज महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्य किशाेरी कुशवाहा, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिल्ला सदस्य मनाेज चाैधरी, प्रभाकर गुप्ता लगायतकाले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.498 sec. Memory consumption:81.47 mb