31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कृषिलाई आधुनिकीकरण गरी रोजगार सृजना गर्छाैं : मेयर राजेश राय

राजेश राय यादव बाराको लागी मात्रै नभई प्रदेश नं. २ कै लागि नयाँ नाम भन्ने पक्कै पनि होईन । राजनिती पृष्ठ भूमिका भएका पूर्व सांसद बुवा राधेचन्द्र राय यादव र रुपकली देवी अहिरीनको काेखबाट जन्मेका राजेश राय यादव कलैया उप–महानगरपालिकाका नगर प्रमुख हुन् । नगर प्रमुख यादव चार भाई र दुई बहिनी मध्येका दोस्रो सन्तान हुन् । २०२१ सालमा जन्मेका उनी २०३६ सालमा एस.एल.सी. उतिर्ण गरी बि.ए. सम्मकोे अध्ययन पुरा गरेका छन् । विधार्थी जिवनकालबाट नै कांग्रेस निकटको भातृ संगठनमा रही राजनिती यात्रा सुरु गरेको उनी बताउन्छन् । नगर प्रमुख यादवसंग विकासबारे गरिएको कुराकानीको सम्पादित अंश :

१. कलैया उप–महानगरपालिकाको समग्र विकासको अवस्था कस्तो छ ?

जनताको समग्र विकासका निम्ति हरेक क्षेत्रमा क्रमबद्ध तरिकाले विकास निर्माणको कार्य भईरहेको छ । विकास निर्माणको कार्यलाई गति दिन संघ र प्रदेश सरकारले समन्वय नगरी सहयोग नगरेकोले जनता र आफूले सोचेको जति काम हुन सकेको छैन् । तै पनि हालसम्म सबै क्षेत्रमा राम्रै विकास भएको छ । कलैया उप–महानगरपालिकामा प्रायः जसो ग्रामिण क्षेत्र पर्ने भएकोले त्यहाँ बाटोघाटोको अवस्था एकदमै दैनिय थियो तर आफू जनप्रतिनीधि भएर आएपछि खाल्टो खाल्डा खुल्डी सडकलाई मर्मत सम्भार गर्दै विभिन्न ठाउँ पक्की ढलान बनाईएको छ ।

मुख्यतः कलैयासंग जोडिएको ग्रामिण भेगका साँघुरो सडक फराकिलो गर्दै सडक र नालाको काम भएको छ । अव्यवस्थित विद्यालय, स्वास्थय चौकी, धार्मिक आस्थासंग जोडिएको मठ मन्दिर पनि बनाइएको छ ।

मुख्यतः शिक्षा र स्वास्थयमा देखिएएको बेतिथिलाई सुधार गरी शिक्षा र स्वास्थयको पहुँचमा जनतालाई सजिलो हुने वातावरण सृजना गरेका छौ । यहाँका प्रायः जसो सबै मानिस कृषि पेशामा निर्भर रहेकोले कृषि कार्य सम्बन्धी विभिन्न ज्ञान, सिप सहित कृषि कार्यको लागी आवश्यक पर्ने सामग्रीहरु पनि वितरण गरेका छौ ।

विश्व महामारीको रुप लिएको कारोना भाईरसको बेला पनि कलैया उप–महानगरपालिकाको चार ठाउँमा हेल्प डेक्स सञ्चालन गरी स्वास्थ परीक्षण गर्नुको साथै व्यवस्थित आईसोलेसन बनाएका थियौं ।

कोरोना महामारीको बेला पालिकाको प्रत्येक वडामा अति विपन्न तथा गरिब परिवारहरुलाई दाल, चामल, आलु, नुन, साबुन, तेल जस्ता राहत सामग्री वितरण गरिएको थियो ।

२. बाराको सदरमुकाम कलैयासंग जोड्न ग्रामिण भेगका सडकहरुको अवस्था अझै पनि दैनिय छ, कति वर्ष भित्र सुधारी सक्ने लक्ष्य राख्नु भएको छ ?

मुख्य सडक संघ र प्रदेश सरकारले हेर्नु पर्ने हो । पिलुवाहवा, मटियारवा र कलैया सडक खण्ड अहिलेसम्म अलपत्र छ । यो बाटो बारा जिल्लाको मुख्य बाटो हो । यो बाटो बनाउने जति हामीसंग बजेट पुग्दैन । संघ र प्रदेश सरकारले बजेट दिए मात्रै यो सडक बन्छ । पानी परेको बेला कलैयासंग जोडिएको ग्रामिण भेगका बाटो हिलामय हुन्थ्यो । जसले सवारी साधन मात्रै नभई पैदल यात्रीलाई पनि आवत जावत गर्न अफ्ठ्यारो हुन्थ्यो । त्यस्ता सडकलाई मर्मत सम्भार गर्ने काम गरेका छौ । तसर्थः खाल्डा खुल्डी सडकमा ग्रेवल पुर्ने, माटाे हाली साँघुरो सडकलाई फराकिलो बनाई पक्की ढलान गरिएको छ । सदियो देखी पिछडिएर रहेको गाउँ रातारात उप–महानगरमा गाभियो । एकैचोटी समग्र क्षेत्रको विकास सम्भव पनि छैन् । तै पनि पालिकाले पाएको बजेट अनुसार हरेक क्षेत्रमा गुणस्तरीय र दिर्घकालिन काम भईरहेको छ ।

३. चुनावको बेला जनतासंग गरेका प्रतिवद्धता मध्ये के के पुरा गर्नु भयो ? के के गर्न बाँकी छ ?

जनता बिच गरेको प्रतिबद्धता अनुसार नै हरेक क्षेत्रमा काम भएको पनि छ र भईरहेको पनि छ । प्रतिवद्धता अन्तर्गत नै पिच ढलानसहित फराकिलो सडक, विद्यालयको भवन, स्वास्थ चौकी, मठमन्दिर लगायतका विकास निर्माणको कार्य भईरहेको छ ।
मुख्यतः मूल बाटोहरु व्यवस्थित हुन सकेको छैन् । ग्रेबल त गरेका छौ, तर कालोपत्रे गर्न सकेका छैनौ ।

४. यहाँ नगर प्रमुख भएर आईसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्तो परिवर्तन भएको छ ?

पालिकामा भएको प्रत्येक स्वास्थ चौकीहरुलाई व्यवस्थित तरिकाले संचालनमा ल्याएका छौ । भवन भत्केको र स्वास्थय चौकी नभएको ठाउँमा मर्मत सम्भारसहित स्वास्थ चौकी बनाई सकारकारले दिएको अपुग बजेटमा हामीले उप–महागरपालिकाबाट पनि बजेट थपी विभिन्न औषधी खरिद गरी स्वास्थ चौकी संचलानमा ल्याएका छौं । जसकारण जनताले स्वास्थ्य सम्बन्धी विभिन्न औषधी र सेवा स्थानीयस्तर मै निःशुल्क पाईरहेका छन् ।

त्यस्तै गुणस्तरीय शिक्षा दिलाउन सक्ने उदेश्यले विद्यालयको भवन निर्माणको साथै भत्केको पुरानो विद्यालयका भवनलाई पनि मर्मत सम्भार गरिएको छ भने सौचालय नभएको विद्यालयमा सौचालय पनि बनाई बेन्च, टेक्स, टेबुल जस्ता पूर्वाधारको व्यवस्थापन गरिएको छ ।

यस्तै विद्यालयको बाउन्ड्री वाल पनि बनाएका छौ । श्री दुर्गा मावि, श्री त्रि–चन्द्र स्कुल, श्री पन्ना मावि, श्री मनहर्वा मावि यी विद्यालयहरु पूर्ण रुपले व्यवस्थित भई संचलानमा छन् । केही विद्यालयहरुमा अनलाईनमार्फत कक्षा सञ्चालन गर्न इन्टरनेट जडान गरेका छौ । अहिले कलैयाको सबै ठाउँमा वाईफाई जनाड भईसकेको छ, सुचारु हुन मात्रै बाँकी छ । यस्तै पालिकाको प्रत्येक वडामा वाईफाई जडान गरी आधुनिक शिक्षाको लागि आवश्यक पर्ने हरेक पूर्वधार र प्रविधि व्यवस्थापन गर्ने आगामी योजना रहेको छ ।

शिक्षकसंगसंगै अन्य क्षेत्रका कर्मचारीहरुको लागी अनलाईन हाजिरी गर्ने व्यवस्था गरिएको छ । दलित समुदायका बालबालिकाहरुलाई पनि शिक्षाको पहुँचसंग जोड्न विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छौ ।

५. पालिकामा भएको बेरोजगार युवा तथा महिलाहरुलाई रोजगार बनाउन के के योजना ल्याएर कार्यन्वयन गरिसक्नु भएको छ ?

हामी कहाँ मात्रै होईन, नेपालमै बेरोजगारीको संख्या बढि छ । युवाहरुको माझमा बेमौसमी तरकारी खेती रोजगारतर्फ उन्मुख हुने आधारहरु हुन । सामुहिक खेती, पशुपालन जस्ता अन्य कृषि पेशा गर्ने युवाहरुलाई सहयोग गर्न हामी चाहदा चाहदै पनि कर्मचारीहरुको अभावमा सोचे जस्तो गर्न सकेका छैनाैं ।

कृषि कार्यको लागी स्प्रे टंकी जस्ता विभिन्न स्रोत साधनहरु वितरण गरेका छौ । कृषिलाई नै आधुनिकिकरण गरेर रोजगार सृजना गर्ने उदेश्य रहेको छ । त्यसको लागि शब्जी मण्डी र बजार सेड बनाउने आगामी योजना रहेको छ । मुख्यतः पहिलादेखी नै पिछिडिएर रहेको यो पालिकामा तिब्र गतिले काम गर्न खोज्दा पनि कर्मचारीको अभाव र आएको कर्मचारी पनि सरुवा भएर जादा नयाँ आउने कर्मचारीलाई कार्यतालिका बुझ्न मै ५/६ महिना जति समय खेर जान्छ । तसर्थः कर्मचारीको अभावले पनि सोचेको र चााहेको जति काम गर्न चुनौती भएको छ ।

तैपनि कृषिसंगसंगै मोटसाईकल बनाउने, प्लम्बरकाे काम लगायतका सिपमूलक तालिमको आयोजना गरी युवाहरुलाई रोजगार बनाउन काम भएको छ । महिलाहरुलाई पनि रोजगार बनाउन सिलाई कटाई, बुटिक जस्ता विभिन्न शिपमुलक तालिमहरु संचालन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.852 sec. Memory consumption:81.53 mb