27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो : सांसद यादव

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नेकपा सरकार जनतालाई दु:ख परेको बेला पनि सत्ता र पार्टी जोगाउन व्यस्त रहेको आरोप लगाएका छन ।

जनता समाजवादी पार्टी बीरगंज – २१ वडा ईकाई समिति परवानीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो रहेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले देश र जनता इतिहासकै एक कठिन समयबाट गुज्रिरहेको बेला पनि कम्युनिस्ट सरकारले जनताको पर्वाह नगरी सत्ताको पाठ मात्र पढ्दै आएको बताए |

कार्यक्रममा बोल्दै सांसद यादवले अहिलेको कोरोना भाइरस (कोभिड-१९) महामारीले विश्व नै थमेको बेला हाम्रो नेपाल पनि अछुतो नरहेको भएपनि यस महामारीबाट जनतालाई जोगाउन तथा राहत दिने काम सरकारको भए पनि सरकार सत्ता र पार्टी जोगाउन मात्र व्यस्त रहेको आराेप लगाए ।

उनले नेकपा भित्रको आन्तरिक बिबादका कारण जनतालाई सास्ती भोग्नु परेको बताए । साथै अहिलेको परिस्तिथि कठिन भएपनि एउटा रोडमयेप तयार गरेर सरकार अगाडी बढेर काम जनताको हितको लागि काम गर्नु पर्ने भएनी यो सरकारले झन् आफ्नै देशको जनतालाई बेवास्ता गरेर यस महामारीबाट ज्यान जोगाउन गरोह भएको सम्पूर्ण नेपाली जनतालाई आर्थिक भार थपेको आराेप लगाए |

अहिलेको परिस्तिथिमा जनता भोकले र रोगले आफै बच्नु पर्ने रहेको र न सरकार न प्रतिपक्षकै अनुभूति जनताले पाएको भन्दै दु:ख व्यक्त गरे | । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निश्चित रहेको बताए ।

जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफनो हक अधिकारका लागी संघर्षरत रहेका समर्पुण शक्ति हरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको उनले बताए । 

कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपाका स्थानीय नेता पुर्व माओबादी पर्साका सह-सेक्रेटरी मजदुर नेता ‘राजदेव पासवानको नेतृत्वमा दिनेश यादव, जितेन्द्र शर्मा, राजदेव यादव, नन्दु महतो तत्वा, रामसुरत महतो तत्वा, जहर महतो लगायतकाले प्रबेश गरेका हुन् ।

यस्तै नेपाली कांग्रेस परित्याग गरी चन्द्रिका कुशवाहाको नेतृत्वमा मुस्तकिम देवान, उमेश महतो तत्वा ,रुप्चन पासवान लगायत प्रबेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश सासंद जन्नत अंसारी, जनता समाजवादी पार्टीका जिल्ला उपाअध्यक्ष वासुदेव यादव, जिल्ला सदस्य नागमणि उपाध्या, संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी युवा फोरमका केन्द्रिय सचिव सरोज यादव लगायत नेता कार्यकर्ताको उपस्तिथी थियो । 

विरगंज महानगरपालिका वडा न.२१ जनता समाजवादी पार्टीका ईकाइ अध्यक्ष निरन्जन पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमको सहजीकरण युवा नेता राधाकृष्ण रौनियारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.233 sec. Memory consumption:81.47 mb