21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

डा. केसीकाे जिवन रक्षाकाे लागि चिकित्सकहरुद्वारा दिप प्रज्वलन

वीरगंज । प्राध्यापक डा. गाेबिन्द केसीकाे जायज माँग पुरा गरी जिवन रक्षा गर्नकाे लागि शुक्रबार सांझ वीरगंजमा दिप प्रज्वलन गरिएकाे छ ।

नेपाल चिकित्सक संघ नारायणी शाखा, वीरगंजकाे आयाेजनामा चिकित्सकहरुले डा. गाेबिन्द केसीकाे जायज माँग पुरा गर, डा. गाेबिन्द केसीकाे जिवन रक्षा गराैं लेखिएकाे ब्यानरसहित दिप प्रज्वलन गरेका हुन् ।

डा. केसीकाे जिवन रक्षाकाे साथै काेराेना संक्रमणबाट निधन भएका कर्णालीका चिकित्सक डा. हरि सापकाेटाकाे आत्माकाे शान्तिकाे कामना गर्दै दिप प्रज्वन गरिएकाे चिकित्स संघ नारायणीका सचिव डा. उद्य नारायण सिंहले वताए । उनले डा. केसीकाे जायज मांग पुरा गरी जिवन रक्षा गर्न मागसमेत गरे ।

चिकित्सक संघकाे भवन अगाडी भएकाे दिप प्रज्वलन कार्यक्रममा चिकित्सक संघ नारायणीका कोषाध्यक्ष डा. शास्वत प्रसाद, डा. निरज सिंह, डा. फहाद आलम, डा. दिपक चौरसिया, श्याम निधि, अमित बर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.232 sec. Memory consumption:81.41 mb