21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका ११ सहित पर्सामा थप २३ जनामा काेराेना पुष्टि

वीरगंज । पर्साका थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा पर्साका २३ सहित २७ जनामा काेराेना संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा ८ बर्षिय बालकदेखी ७४ बर्षिय वृद्धसम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १४ देखि ३४ सम्म रहेकाे छ ।

प्रवक्ता डा. चाैरसियाका अनुसार १९२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा पर्साका २३ जना, बाराका ३ जना र राैतहटका एक जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे । पर्साकाे मात्र १६६ जनाकाे स्वाबकाे नमुना परिक्षण गरिएकाे थियाे ।

पर्साका कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का ११ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. २, १०, २५, २७ का एक-एक जना, वडा नं. ४ का ३ जना र वडा नं. १४ का २ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमित हुनेमा पर्सा कै जगरनाथपुर गाउँपालिका वडा नं. ५, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. २ र बहुदरमाई नगरपालिका वडा नं. ७ काे एक-एक जना रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

त्यसैगरी, बाराकाे फेटा गाउँपालिका वडा नं. ३, बारागढी गाउँपालिका वडा नं. १ र परवानीपुर गाउँपालिकाकाे वडा नं. २ का एक-एक जना संक्रमित भएका छन् ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.627 sec. Memory consumption:81.4 mb