20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

विन्दवासिनिमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा न. १९ विन्दवासिनिमा मंगलबार एक कार्यक्रमका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामाजिक मञ्चको आयोजनामा सो क्षेत्र ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागी सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पठनपाठन प्रभावित हुँदा विद्यार्थीहरुलाई पढाईप्रतिको आकर्षण बढाउने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको संस्थाले जनाएकाे छ ।

मञ्चका अध्यक्ष अभिषेक यादबको अध्यक्षतामा भएको  सामाग्री वितरण कार्यक्रममा मञ्चका सल्लाहकार नरेश गुप्ता, युवा संघका प्रदेश सदस्य अमित यादव, ज्येष्ठ नागरिक धुना राम, समाजवादी विद्यार्थी युनियन विन्दवासिनिका अध्यक्ष नैमोदिन मियाँ, दिपेन्द्र राम, भुनेशी पासवान लगायत मञ्चका सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मञ्चका सदस्य जय यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:2.204 sec. Memory consumption:81.47 mb