20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा १९२ काे स्वाब परिक्षण गर्दा ५ जना काेराेना पाेजिटिभ

वीरगञ्ज । पर्सामा सोमबार एक जना मात्र काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालको प्रयोशालामा पर्साको विभिन्न स्थानबाट ल्याइएको १ सय ७७ जनाको स्वाबको नमुनालाई पिसिआर प्रविधिमार्फत परिक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । संक्रमित व्यक्ति ३८ बर्षिय पुरुष रहेकाे उनले जनाकारी गराए । 

प्रवक्ता डा. चाैरसियाका अनुसार आइतबार राती कुल १ सय ९२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ५ जनामा संक्रमण देखिएकाे हाे । जसमा पर्सा, बारा, सर्लाहीका एक-एक जना र भारतिय नागरिक २ जना रहेका छन् ।

बाराबाट आएकाे १५ जनाकाे स्वाबलाई परिक्षण गर्दापनि एक जना संक्रमण देखिएकाे हाे ।

सोमबार संक्रमण पुष्टि भएका सबै संक्रमित ३८ वर्षदेखि ५९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३२ सम्म रहेको डा. चौरसियाले बताए ।

योसँगै पर्सामा हालसम्म २ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.673 sec. Memory consumption:81.46 mb