20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वप्रका श्रीपुरद्वारा बरामद मदिरा नष्ट र अवैध सामग्री भन्सार चलान

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजले ९ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार बीरगंज महानगरपालिकाकाे वडा नं.२३ प्रसौनि बिर्ताबाट बरामद गरेकाे मदिरा नष्ट गरेकाे जनाएकाे छ ।

बरामद गरिएको घरेलु मदिरा स्थानिय वासीन्दा, जनप्रतिनिधिको रोहबरमा साेमबार नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए ।

त्यसैगरी वप्रका श्रीपुरले भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागेको विभिन्न सामाग्रीहरु बरामद गरी भन्सार चलान गरेको छ ।

विभिन्न मिति र समयहरुमा मटर २५ किलोको दरले २० बोरा, खाने तेल ३६ लिटर, डालडा १५ लिटर, साबुदाना ३० किलो, सेम्पु १ कार्टुन, राजनिवास १ बोरा, सर्फ १५ किलो लगायत हार्डवेयरको सामग्रीहरु बरामद गरी साेमबार वीरगंज भन्सार कार्यालय चलान गरिएकाे प्रहरी निरिक्षक साहले बताए ।

बरामद सामग्रीको मुल्य १ लाख रुपैया बराबरको रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.632 sec. Memory consumption:81.47 mb