22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बिओपी अमरपट्टीद्धारा मटर लाेड गरिएकाे पिकअप भ्यान पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल बिओपी अमरपट्टीले अबैध रुपमा भारत निकासी गर्न लागेको भारी परिमाणमा मटरसहित पिकअप भ्यान बरामद गरेको छ ।

बाराकाे त्रिवेणी दाल एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि. छातापिपराबाट वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित नाकाबाट अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको एक गाडि मटर पक्राउ गरेको हाे । बा १४ च २९१६ नम्बरको पिकअप भ्यानमा २५ किलोको दरले एक सय बोरा मटर सोमवार राती ९ः३० बजेको समयमा बरामद गरिएकाे बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरिक्षक निरन्जन कार्कीले जानकारी दिए ।

पक्राउ गरिएको मटर विन्दवासिनीको सचिन किराना पसलमा लग्नु पर्नेमा भारतको नाकातर्फ लग्दै गरेको अवस्थामा पक्राउ गरी आज वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक कार्कीले बताए । प्रहरीलाई देख्नसाथ पिकअप भ्यानका चाकल गाडि छोडी भागेको र बरामद गरिएको मटरको मुल्य ५ लाख ८७ हजार ५ सय बराबरको रहेको कार्कीले जानकारी गराए ।

पक्राउ गरिएको गाडि र मटर भन्सार चलान गरिएको प्रहरी निरिक्षक कार्कीले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.587 sec. Memory consumption:81.46 mb