31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दलित माथीकाे विभेद अन्त्य नभए ठूलाे आन्दाेलन हुन सकने

  • मुस्तफा आलम /

आजभोली मधेसमा दलित माथिको अन्याय पिडा कुनै नौलो कुरा होइन । यो बर्सौदेखि चलि आएको एउटा खराब प्रबिर्ती हो । जसमा कयौ दलित दाजुभाईहरुले आफ्नो बलिदान दिनु भएका छन् । मधेसमा खासगरी डोम चमार दुसाद र मुसहरलाई दलितको रुपमा चिनिन्छ अहिले पनि अधिकांश दलित युवाहरु सिक्षा रोजगार र अन्य सेवाबाट बन्चित छन् । नेपालको संबिधानमा दलितहरुको हक र अधिकार सुनिचित गरे पनि यसलाई व्यवहारमा लागु गर्न सकिएको छैन । चुनावको बेलामा सथानीय जनप्रतिनिधि र अगुवा ठुलो आशा र सहयोग देखाए पनि चुनाव जितेर गएपछि बेवास्ता गरेको देखिन्छ ।

मधेसमा जन आन्दोलन अगाडी झन् दलितको आवस्था नाजुक थियो । बिधालयमा धेरै दुर्बयावाहर गरिन्थ्यो । दलितलाई छुटै बस्न बाध्य बनाइन्थ्यो । यो अहिले कम भएको देखिन्छ तर दलितहरु शिक्षाबाट बन्चित हुनुमा शिक्षकहरुकाे पनि ठुलो हात हुन्थ्यो । अहिले पनि दलितसंग हरेक ठाउँमा विभेद गरिन्छ । मधेशमा अहिले पनि छुवाछुत ब्यापक छ । अहिले मधेसको गैर दलितको घरमा भोज भतेर हुदा दलितले छुटै अलग ठाउँमा भोज खान भनिन्छ र याे दलितको घरमा भोज भतेर छ भने उस्ले गैर दलितकोमा बाहिरबाट चामल दल र तरकारी किनेर छुटै गैर दलितकोमा दिनु पर्छ । यो सब स्थानीय जनप्रतिनिधिको अगाडी हुदा पनि चुपचाप हेरेर उल्टै बढावा दिन्छन् ।

यती मात्र नभइ यदि दलितमाथि आत्याचार भएको छ भने त्यो छिनोफानो गाउँमा गरिन्छ । यदि पुलिस चोकीमा गए पनि त्यो दलितको मुद्दाले पहुचको भरमा दर्ता गरिदैन् । यो आवस्था छ मधेसी दलित दाजुभाई हरुको । यो सबै कारणको अहिले दलित आन्दोलन । येदि समयमा दलितहरु माथिको भेदभावको बिरोध गरिएन भने दलित आन्दोलन ठुलो रुप लिन सक्छ । यो आन्दोलन दलितको मात्रै नभई हामी सबै युवाहरुको हो । गैर दलित युवाहरु पनि अब यो दलित आत्याचार प्रतिको बिरोध गर्न जरुरि छ । हामी अब आफ्नो घर टोलबाट दलितहरु माथिको आतायाचार र अन्यायले बिरोध गर्नु पर्छ ।

दलित युवा दाजुभाईहरुले पनि अब सोच्नु पर्ने बेला आएको छ अब तपाईहरु मासु चिउरामा भोट नदिनुस । नेपालको संबिधानले दलितले धेरै हक र अधिकार सुनिचित गरेको छ । त्यो हक र अधिकारको उपयोग गर्नुस । अब गैर दलित युवाहरुको पनि सहयोगको जरुरि छ । अबको हाम्रो समाज भनेको छुवाछुत रहित र भेदभाव रहित समाज निर्माणमा हामीहरु लाग्नु पर्ने देखिन्छ । यही बेला हो हाम्रो समाजबाट नराम्रो रितिरिवाजलाई हटाएर एउटा समानतामूलक समाज निर्माण गर्नु पर्छ । यही बेला हो हामी सबै युवाहरु मिलेर हाम्रो खराब चल्दै आएको कुप्रथालाई हटाएर राम्रो समाज निर्माण गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:4.824 sec. Memory consumption:81.73 mb